Logo
Logo

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप (आदेशसहित)


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।

मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

निषेधाज्ञा लम्ब्याउँदै खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने छ ।विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक लगाइएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ ।

मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्रा अनुमति दिइने छ ।

। एकसाताको परिस्थिति हेरेर थप निर्णय गरिने बताइएकाे छ ।

हेर्नुहाेस् आदेश :

प्रतिक्रिया दिनुहोस्