Logo
Logo

संक्रमितभन्दा निको हुनेको संख्या बढी


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निको भएका छन् । उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमण भई संक्रमणमुक्त हुनेको संख्या चार लाख ११ हजार ६०३ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित भई निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ । देशभर हाल १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्