Logo
Logo

माओवादी कर्णाली प्रदेशको प्रमुख सचेतकमा ठम्मर विष्ट नियुक्त


दृष्टि संवाददाता


सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट नियुक्त भएका छन् ।

मुख्यमन्त्री एवम दलका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा बिहीबार बसेको संसदीय दलको वैठकले सांसद विष्टलाई प्रमुख सचेतक नियुक्त गरेको हो ।

सांसद विष्टले नेकपा एकता कायम रहेको समयमा मुख्यमन्त्री शाही विरुद्ध दलको नेतामा यामलाल कंडेललाई बनाउने भन्दै अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए ।

नेकपा माओवादी केन्द्रबाट अलग हुन खोजेका सांसद विष्टलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री बनाउने आश्वासन दिएपछि उनी माओवादी केन्द्रमै बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्