Logo
Logo

भेरी अस्पलालका चिकित्सकमाथि कुटपिट गर्ने तीन पक्राउ


दृष्टि संवाददाता


बाँके । भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान ३ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाई हुन् भने बाँकी २ जना मृतकका छोराहरू हुन् ।

बिहीबार दाङका ५४ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्यु घोषणालगत्तै मृतकका आफन्त र भिजिटरले अस्पतालका डाक्टर तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए । आक्रमणक्रममा तीन जना चिकित्कसले अस्पतालको दोस्रो तलबाट हामफालेर ज्यान जोगाएका थिए ।

उक्त घटनाको निन्दा गर्दै आक्रमणको संलग्नलाई कारबाहीको माग राख्दै चिकित्सकहरु अहिले आन्दोलनमा उत्रिएका छन् । अस्पतालका चिकित्सकहरु नै आन्दोलनमा उत्रिएपछि विमारीलाई समस्या भएको छ । हाल उक्त अस्पतालमा १५० भन्दा बढी विमारी उपचाररत रहेका छन् ।

यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्