Logo
Logo

संविधान रक्षाका लागि एकजुट हुन श्रमिक संघ संगठनहरुको आह्वान


दृष्टि संवाददाता


काठमाडौं । विभिन्न श्रमिक संघ संगठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ, पेशागत महासंघ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, समावेशी ट्रेड युनियन महासंघ, समाजवादी ट्रेड युनियन महासंघ र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालले संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि जुट्नुपर्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले संविधानको मूल्य, मान्यता र भावना विपरीत सरकारले यही जेठ ८ चालेको कदमले मुलुकलाई थप अनिश्चितता र अन्योलतर्फ धकेलेको बताए ।

श्रमिक संघ संगठनहरुले धेरै श्रमिकले अक्सिजन, भेन्टिलेटर, औषधि र आइसियु श्यया नपाएर अकालमा ज्यान गुमाउनु परेको भन्दै जनताको उपचारका लागि ध्यान दिन सरकारसँग आग्रहसमेत गरेको छ ।

निषेधाज्ञाको समयमा हजारौँ श्रमिकको जागिर गुमेको भन्दै समस्यामा परेका श्रमिकलाई राहतको व्यवस्था गर्नसमेत श्रमिक सङ्घ सङ्गठनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्