Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी

बहसको समय १० मिनेट


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेको सन्दर्भमा ३० परेका ३० वटा रिटहरूमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित ५ सदस्यीय इजलासमा न्यायधीशहरू दिपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

कोरोना महामारीका कारण स्वास्थ्य सतर्कतासहित जारी रहेको सुनुवाइको शुरुमा इजलासले अधिवक्ता शन्तोष भण्डारीलाई बहसको लागि १० मिनेट समय दिएको छ । वर्षातमा बीच पनि सर्वोच्च अदालतमा परिसरमा सुनुवाइ सुन्न कानुन व्यवसायीहरू जम्मा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्