Logo
Logo

अक्सिजन अभावमा सुत्केरीसहित आठ जनाको मृत्यु


दृष्टि संवाददाता

1.9k
Shares

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा सुत्केरीसहित आठ जना बिरामीको मृत्यु भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा शरद बरालका अनुसार बिहीबार राति एक सुत्केरीसहित आठ कोरोना संक्रमितको मृत्यु भएको हो ।

उद्योगबाट असिक्जन आउन आधा घण्टा ढिला भएकाले उनीहरुलको मृत्यु भएको डा बरालले जानकारी दिए । उनले भने, ‘उद्योगबाट असिक्जन आउन आधा घण्टा ढिला भयो, त्यसैले हाई फ्लोमा असिक्जन दिन सकिएन । प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन चाहिनेमा त्यो उपलब्ध नभएकाले ८ जनाको दुःखद निधन हुन पुग्यो ।’

मृत्यु हुनेहरुमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङ्जाका १–१ जना रहेका छन् । मृत्यु हुनेमा एक जना डायलसिस गराइरहेका मिर्गौला रोगी, कलेजोसम्बन्धी रोग भएका एक जना र मधुमेहका एक जना रोगी भएको बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्