काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले स्वास्थ्यकर्मी माथीको आक्रमण जघन्य अपराध भएको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्न जघन्य अपराध भएको बताएका हुन् ।
पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले दोषिलाई कारवाही गर्न माग गरेका छन् । साथै उनले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथै काम गर्ने वतावरण तयार पार्न माग पनि गरेका छन् । त्यस्तै उनले सत्ताको अराजकता सबैतिर फैलिन थालेको र यो गम्भिर विषय भएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्- ‘दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् ।’ सत्ताको अराजकता सबैतिर फैलिनु गम्भीर विषय भएको शर्माले बताए । ‘म स्वास्थ्यकर्मीको साथमा छु,’
दाङका कोरोना संक्रमितको उपचारको क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएपछि बिहीबार साँझ मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
आक्रमणमा परेका केहि स्वास्थ्यकर्मीहरुले एकतलाबाट हाम फालेर ज्यान जोगाएका थिए भने ज्यान जोगाउन भागेका केहि स्वास्थ्यकर्मीलाई मृतकका आफ्न्तले लखेटेर समेत आक्रमण गरेका थिए ।












