Logo
Logo

फुटबल र क्रिकेटमा जीत सरकारकाे सफलता : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा पछिल्लो समय हासिल गरेको जीतलाई आफ्नो सफलता भएको दावी गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा साग खेलकुद र क्रिकेटमा नेपालले हासिल गरेको जीतको श्रेय आफू भएको बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद भव्य रूपमा सम्पन्न गरेको बताउँदै प्रतियोगितामा हासिल गरेको जीतप्रति पनि आफ्नो सफलतासँग जोडेका हुन् ।

सम्बोधनमा प्रधानमन्त्रीले भने ‘भव्य रूपमा सम्पन्‍न भएको दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्‍ट प्रदर्शन गरेको छ। त्रिदेशीय फुटबल, क्रिकेटहरूमा पनि नेपालको प्रदर्शन उदाहरणीय रहेको छ।’

नेपालले सन् २०१९ मा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । जसमा नेपालले १ सय ३० स्वर्ण पदक जित्न सफल भएको थियो भने १ सय ८२ रजत हासिल गरेको थियो भने ३ सय ६७ कास्य पदकमा चित्त बुझाएको थियो ।

यस्तै, त्रिदेशीय फुटबलमा पनि नेपालले विजय प्राप्त गरेको थियो । जसको प्रत्यक्ष खेलकुद हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेका थिए । क्रिकेटमा पनि नेपालले नेदरल्याण्ड्स र मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्