Logo
Logo

सुदूरपश्चिममा एमालेले प्रमुख सचेतकबाट तामाङलाई हटायो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् ।

शुक्रबार शाहले प्रमुख सचेतकबाट तामाङलाई हटाएर लालबहादुर खड्कालाई नयाँ जिम्मेवारी दिएका हुन् । उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका छन् ।

यस्तै, शाहले दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि सभामुखलाई दिएका छन् । तामाङ र खड्का दुबै कञ्चनपुरका हुन् । त्यस्तै सचेतकमा नियुक्त भएकी दुर्गा उनी अछामकी हुन् । यस अघि एमालेमा सचेतक थिएनन् ।

सुदूरपश्चिम प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका २५ प्रदेशसभा सदस्य छन् । कमिटीमा माधवकुमार नेपाल समूहको बहुमत छ । नेपाल पक्षमा १९ र केपी शर्मा ओली पक्षमा ७ जना छन्, जसमध्ये एक प्रदेशसभाका सभामुख छन् ।

पछिल्लो समय त्यहाँ एमालेको दुई समूहको विवादको प्रभाव देखिएको छ । हालै मात्र एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको छ भने भने संसदीय दलले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्