Logo
Logo

स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड


दृष्टि संवाददाता


काठमाडौं । सरकारले कोरोना महामारी तथा रोक थामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ ।

शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको लागि १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन जानकारी दिए ।

निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्