Logo
Logo

हुलाकी राजमार्गको निर्माण एक वर्षभित्र, ६ अर्ब ३९ करोड विनियोजन


दृष्टि संवाददाता


काठमाडौं । सरकारले हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम हुलाकी राजमार्गका लागि विनियोजन गरेको जानकारी दिए ।

उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा पनि गरे । ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेसकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजमार्ग निर्माण गर्ने घोषणा गरेका थिए ।

हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्