Logo
Logo

बजेटमार्फत सरकारले ल्यायो १५ राहत कार्यक्रम


दृष्टि संवाददाता


काठमाडौं । आगामी वर्षको बजेटमार्फत सरकारले कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि राहत कार्यक्रम घोषणा गरेको छ।

बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले राहत कार्यक्रम घोषणा गरेका हुन्। सरकारले ल्याएको राहत कार्यत्रमबाट नीजि क्षेत्रलाई लाभ मिल्ने सरकारी अपेक्षा रहेको छ ।

सरकारले धोषणा गरेको छुट तथा सहुलियत कार्यक्रमहरु–

१. २० हजार लिटर खानेपानीको महशुल छुट दिने ।
२. सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट दिने ।
३. खानेपानी तथा सिंचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट दिने ।
४. निषेधाज्ञा अवधिमा ग्रास्थ बिजुली उपभोक्तालाई महशुलमा छुटको व्यवस्था ।
५. होटलाई पनि उद्योग सरह मान्यता दिएर छुट तथा सुविधा प्रदान गर्ने ।
६. होटलले आइसोलेस सेन्टर सञ्चालन गरेमा सरकारले रकम उपलब्ध गराउने ।
७. कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान
८. विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटम किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको ऋण उपलब्ध गराउने ।
९. सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने ।
१०. व्यवसाय निरन्तरता कर्जा निरन्तर गर्ने ।
११. सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा पचास प्रतिशत भाडा छुट दिइने ।
१२. पुर्नकर्जा अझै कार्यक्रम अझै विस्तार गरिने ।
१३. सहुलियत कर्जाले अझै निरन्तरता पाउने ।
१४. सरकारी कर्मचारीलाई तलबसहित १० भ्रमण ।
१५. १ अर्बको च्यालेञ्ज फण्ड

प्रतिक्रिया दिनुहोस्