Logo
Logo

सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’


दृष्टि संवाददाता


काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’मा नामकरण गरिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्धारा सार्वजानिक आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका स्मृतिमा विमानस्थलको नामकरण गरी थप विकसित गरिने उल्लेख छ ।

यसका लागि आवश्यक रकमसमेत विनियोजित गरिएको वक्तव्यमा उल्लेख छ । विसं २०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पूर्वमन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्