Logo
Logo

बजेटबारे डा. भट्टराईको प्रतिकृया- ‘एमालेले गोरखामा उमेदवार नउठाउने बुझियो !’


दृष्टि संवाददाता


काठमाडौं । पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले सरकारद्धारा प्रस्तुत बजेटमार्फत एमालेले सिधासादा मतदातालाई ललीपप बॉडेको टिप्पणी गरेका छन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे ट्वीटरमार्फत प्रतिकृया दिँदै डा. भट्टराईले लेखेका छन्– ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो ।’

डा. भट्टराईले पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको भन्दै बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटिएको समेत टिप्पणी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले जनस्तरमा खासै प्रभाव नपर्ने आशयमा व्यङ्ग्य गर्दै लेखेका छन– ‘एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’

कोरोना महामारीमा सरकारले अपेक्षित बजेट ल्याउन नसकेको र अध्यादेशमार्फत ल्याएको बजेटको अर्थ नहुनेभन्दै विपक्षीबाट सरकारको आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्