Logo
Logo

प्रधानमन्त्रीको गृहनगरमा बजेटको आइरो, अन्तर्राष्ट्रिय रंगशालादेखि बालउद्यानसम्म


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक क्षेत्रमा बजेटको आइरो लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणदेखि बालउद्यानसम्मका लागि बजेट बिनियोजन भएको छ ।

प्रधानमन्त्री ओलीले ओलीले कमल गाउँपालिकामा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको आदिवासी रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला बनाउन नसकेपछि दमकमै अर्को रंगशाला बनाउने योजना अनुसार नयाँ बजेट छुट्याएका छन् ।

त्यस्तै बजेटमा दमकमा निर्माण थालिएको औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण दुई वर्षभित्र सक्ने, दमकमै बहुतले बसपार्कसहितको सिटीपार्क बनाउने, दमकमा बालबालिकाका लागि ‘चिल्ड्रेन प्याराडाइज’ स्थापना गर्ने लगायत शीर्षकमा बजेट बिनियोजन भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो गृहनगरमा बजेटको आइरो लाएपछि आफ्नै निर्वाचन क्षेत्रका अन्य स्थानलाई भने वास्ता नगरेको भन्दै गुनासो आएको छ ।

प्रतिक्रिया दिनुहोस्