Logo
Logo

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ


दृष्टि संवाददाता


काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको अनलाइनमार्फत भएको १७औँ वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको हो ।

नवगठित समितिको प्रथम उपाध्यक्षमा ऋतेश लामिछाने, द्वितीय उपाध्यक्षमा सहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोदमान सैजू चयन भएको मञ्चले जनाएको छ । त्यस्तै, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशलसुन्दर श्रेष्ठ, लर्निङ अध्यक्षका रूपमा ऋचा श्रेष्ठ र को–लर्निङको अध्यक्षमा पवित्र गौतम चुनिएको जनाइएको छ । सुदीप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएको मञ्चले जानकारी दिएको छ । यसअघि मञ्चको अध्यक्षमा प्रकाशदेव पालिखे थिए । अध्यक्षको कार्यकाल एक वर्षको हुने जनाइएको छ । यस अवसरमा मञ्चका निवर्तमान अध्यक्ष प्रकाशदेव पालिखेसहित कार्यसमितिले नवगठिन समितिलाई पदभार बुझाएको मञ्चले जनाएको छ ।

सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्नेछ ।’ पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिने बताए ।

प्रतिक्रिया दिनुहोस्