Logo
Logo

एमाले स्थायी कमिटी बस्दै, १२ सांसदलाई कारवाही गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै नेकपा एमालेले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्ने बताइएको छ ।

अघिल्लो स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना सांसदसँग स्पष्टीकरण मागेको थियो । आजको बैठकमा उक्त स्पष्टीकरणबारे थप निर्णय गर्ने बुझिएको छ ।

अघिल्लो बैठकले सोधेको स्पष्टीकरणको जवाफ कसैले पनि नदिएकाले आजको बैठकले उनीहरुमाथि थप कारवाही गर्ने तयारी गरेको छ । यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप १२ जनालाई पनि निस्कासन गर्ने सम्भावना रहेको एमाले नेताले बताएका छन् ।

अघिल्लो बैठकले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई देउवालाई प्रधानमन्त्री बाउने किन हस्ताक्षर गरेको ? भन्दै स्पष्टीकरण सोधको थियो । तर, कुनै पनि सांसदले स्पष्टीकरण नलेखेका कारण उनीहरुमाति कारवाही हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्