Logo
Logo

एनएमबि बैंकको ऊर्जा ऋणपत्रमा मागभन्दा बढी आवेदन


दृष्टि संवाददाता


काठमाडौं । एनएमबि बैंकले जरी गरेको ऊर्जा ऋणपत्रमा ४ दिनमै मागभन्दा अत्यधिक आवेदन परेको छ । नेपालमै पहिलोपटक जारी गरिएको ऊर्जा ऋणपत्र बिक्री खुला गरिएको पहिलो ४ कार्य दिनभित्रै अत्यधिक आवेदन परेपछि बिक्री बन्द गरिएको हो ।

एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियोे । यस ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा आयोजनाहरूमा लगानीका लागि उपयोग गरिने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत् परियोजनाहरूलगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६ प्रतिशतभन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको जनाएको छ ।

बैंकले देशभरिका १ सय ८१ शाखा, १ सय ३७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्