Logo
Logo

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय


दृष्टि संवाददाता


काठमाडौं । प्राइम बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ मा बसेको सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई नै अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

 श्रेष्ठलाई यसअघि २०७६ जेठमा दुई वर्षको लागि संचालक समितिको अध्यक्ष तोकिएको थियो । श्रेष्ठको सञ्चालक समिति सदस्यको पदावधि रहुन्जेल उनलाई अध्यक्षमा निरन्तरता दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्