Logo
Logo

अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन


दृष्टि संवाददाता


काठमाडौं । निमोनिया र फोक्सोको इन्फेक्सनका कारण अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन भएको छ । थापालाई तीन साता अगाडि कोरोना संक्रमण भएको थियो । उहाँ कोरोना जितेर घर फर्कनु भएको थियो । तर, निमोनिया र फोक्सोको इन्फेक्सनका कारण उहँको मृत्यु भएको हो ।

भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा थापा आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक थापाले अर्थ मन्त्रालयमा ६ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा योगदान गर्नु भएको छ । दश वर्षअघि एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक हुनु भएका अर्थशास्त्री थापा नेपाल वायुसेवा निगमको अध्यक्षसमेत हुनु भएको थियो ।

अर्थविद् डा. थापा दृष्टि साप्ताहिकका स्तम्भरकार हुनुहुन्थ्यो । यहाँको निधनप्रति दृष्टि मिडिया प्रा.लि. हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्