Logo
Logo

रञ्जिताको कम्ब्याक : कालिञ्चोकमा छायाँकन हुँदै ‘म्हार्मेन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ चैत । मोडल तथा अभिनेत्री रञ्जिता लामा यतिखेर फिल्म ‘म्हार्मेन’को सुटिङका व्यस्त छिन् । यो फिल्म हाल दोलखाको कालिञ्चोक क्षेत्रमा छायांकन भइरहेको छ ।


रञ्जिताले दृष्टिन्युजसँग कुरा गर्दै भनिन्, ‘अहिले सुटिङमै व्यस्त छु । सुटिङ कालिञ्चोकमा भइरहेको छ ।’ उनले फिल्मको करिब ८० प्रतिशत छायांकन सकिएको पनि बताइन् ।
कुनै समय तामाङ भाषा फिल्म क्षेत्रकी व्यस्त र चर्चित अभिनेत्री रञ्जिता करिब पाँच वर्षपछि अभिनयमा कम्ब्याक भएकी हुन् । एभेरेष्ट फेसन होमकी अध्यक्षसमेत रहेकी रञ्जिता विवाहपछि अभिनयबाट केही टाडा भएकी थिइन् । अहिले उनी पुन अभिनय र मोडलिङमा ब्याक भएकी छन् ।
फिल्म ‘म्हार्मेन’ अर्थात ‘दियो’को निर्देशन अजय स्याङ्तानले गरिरहेका छन् । रितुराज पाख्रिनको कथा र रञ्जिताकै कन्सेप्टमा बनिरहेको यस फिल्मको छायांकन सिन्धुपाल्चोक, दोलखा, काठमाडौं र भारतको बोर्डर आसपाससमेत हुने बताइएको छ ।


फिल्ममा रञ्जिताको अपोजिट भूमिकामा अमिर दोङले अभिनय गर्दैछन् । यो फिल्ममा रञ्जिता र अमिरका अलावा सुष्मा मोक्तानको पनि मुख्य भूमिका रहेको छ । फिल्मकी अभिनेत्री रञ्जिताका अनुसार फिल्म ‘म्हार्मेन’मा सामान्य एक परिवारको संघर्षको कथालाई चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्