Logo
Logo

शिखर इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनकर्तामा एनआइबिएल एस क्यापिटल


दृष्टि संवाददाता


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासनसम्बन्धी सम्झौतामा इन्स्योरेन्सका कम्पनी सचिव सुरज राजबाहक तथा निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्