Logo
Logo

माधव समूहको निर्णय पर्खने भन्दै एमाले बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकस्थगित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे बैठक बोलाएका थिए ।

पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग वार्ता चलिरहेका बेला बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बरिष्ठ नेता माधव नेपाल पक्षले आजै केन्द्रीय कमिटी बैठक राखेपछि परिस्थिति हेरेरमात्र बैठक बस्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्