Logo
Logo

जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापा पदमुक्त


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशसभाको राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको बिहीबार राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सचिवालयमा गराएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

थापालाई जनमोर्चाले साधारण सदस्य समेत नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीतिविपरीत सरकारलाई साथ दिएको भन्दै सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्