Logo
Logo

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन बिहीबार पेश भएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्