Logo
Logo

नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै


दृष्टि संवाददाता


काठमाडाैं । फिफा विश्वकप छनौट अन्तर्गत नेपालले चाइनिज ताइपेइसँग आज प्रतिस्पर्धा गर्दैछ । कतारमा अर्को बर्ष अर्थात सन् २०२२ मा हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

कुवेतको जाबेर अल अहमेद स्टेडियममा हुने खेलका लागि दुबै टिमले तयारी पूरा गरेका छन् । तर, कुवेतको मौसममा खेल्न नेपाल र ताइपेइ दुबैलाई खेल्न कठिन हुने बताइएकाे छ ।

हेड टु हेडमा नेपालले चाइनिज ताइपेइसँग अहिलेसम्म दुई खेल खेलेको छ । जसमा नेपालले एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । सन् २०१९ को जुनमा भएको मैत्रीपूर्ण खेलमा नेपालले मैत्रीपुर्ण खेल खेल्दा एक एक गोलको बराबरी खेलेको थियो । सो खेलमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए ।

यस्तै विश्वकप छनोटकै पहिलो चरणको खेलमा नेपालले २०१९ को सेप्टेम्बरमा ताइपेइसँग उसकै मैदानमा खेल्दा दुई शुन्यको जित निकालेको थियो । नेपालका लागि दुबै गोल अञ्जन विष्टले गरेका थिए । बिहीवार हुने खेलमा पनि विष्ट, मनीष डाँगी र नवयुगको प्रदर्शन मुख्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्