Logo
Logo

इसाक हर्जोग इजरायलको राष्ट्रपतिमा निर्वाचित


दृष्टि संवाददाता


काठमाडाैं । इजरायलको ११औँ राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित भएका छन् । उनलाई इजरायी संसद् नेसेटले ११औँ राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

६० वर्षीय हर्जोगका पिता सियाम पनि १९८३ देखि १९९३ सम्म इजरायलको राष्ट्रपति बनेका थिए । बुधबार भएको निर्वाचनमा हर्जोगले १२० मध्ये ८७ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी शिक्षाविद् मिरियम परेजले ३३ मत मात्र प्राप्त गरे ।

हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा उनी चुनावमा लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्