Logo
Logo

‘डेली मेल’लाई नेपालमा नयाँ भाइरस पुष्टि गर्न दूतावासकाे चुनौती


दृष्टि संवाददाता


काठमाडाैं । बेलायतस्थित नेपाली दूतावासले ‘द डेली मेल’ पत्रिकालाई नेपालमा देखिएको ‘नयाँ भेरियन्ट’ खण्डन गरी पत्र पठाएको छ । नेपालमा देखिएको कोभिड-१९ को भाइरस अल्फा र डेल्टा छन् । ‘तिनिहरू दुवै नेपालमा फेला परेको होइन,’ दूतावासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

बेलायती अखबार ‘दी डेलीमेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दाबी गरेको थियो । ट्याबोलोइड दैनिकले बिहीबारको अंकमा ‘नेपाली भेरियन्ट’को कोरोनाले बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण’ भएको कभर स्टोरी छापेको थियो ।

डेली मेलले नेपालमा देखिएको कोरोनाको नयाँ भेरिएन्टका कारण नेपालमा छुट्टी मनाउन जानु चुनौतीपूर्ण रहेको सनसनीपूर्ण समाचार दिएको छ । नेपाली अधिकारीले नेपालको बदनाम गराउने उद्देश्यले यस्ता गलत समाचार लेखाइएको आशंका गरेका छन् । समाचारमा नेपालमा खतरनाक नयाँ भेरियन्ट देखिएको, यात्राका लागि जोखिम भएको उल्लेख छ । 

नेपालमा बी १.६१७ भेरियेन्ट फैलिएको भए पनि वैज्ञानिकहरुले नयाँ भेरियन्ट पत्ता लागाएको समाचारमा दाबी गरिएको छ  । तर, विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि नेपालमा कुनै नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको बताएको छ । डब्लुएचओ नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियअन्ट फेला परेको ‘अवगत नभएको’ स्पष्ट पारेको छ । 

समाचारको खण्डन गर्दै त्यसलाई सच्याउन समेत दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्