Logo
Logo

चाइनिज ताइपेईविरुद्ध नेपाल १–० ले अगाडि


दृष्टि संवाददाता


काठमाडौं । फिफा विश्वकप तथा एशिया कप छनोट अन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल अहिले जारी छ । कुवेतमा जारी खेलको पहिलो हाफ सकिँदा चाइनिज ताइपेईविरुद्ध एक सून्य गोल अन्तरको अग्रता लिएको छ । ४२ डिग्री सेन्टिग्रेटको तापक्रममा भएको खेलको शुरुमै नेपालले एक गोल गरेको थियो ।

खेल शुरु भएको दोस्रो मिनेटमै नेपालका अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाएका हुन् । ताइपेईका खेलाडीले डि बक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गरेका थिए ।

शुरु देखिनै आक्रामक खेल खेलेको नेपालका लागि पहिलो हाफमा थुप्रै अबसर पाएको थियो । नेपालका अञ्जनका साथै सुनिल बलले पनि गरेका प्रहारलाई ताइपेईका गोल रक्षककले जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्