Logo
Logo

खाँदवारी र गाइघाटमा प्रभु बैंकको दुई शाखा कार्यालय सञ्चालन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका–१ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित गाईघाट शाखा कार्यालयहरु २०७५ चैत्र १० गते आइतबारदेखि सञ्चालनमा ल्याएको छ । खाँदवारी शाखा कार्यालयको खाँदवारी नपाका मेयर मुरारीप्रसाद खतिवडा र एक गाइघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका हुन् ।

दुवै उद्घाटन समारोहमा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका दुवै प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकामा प्रंशसा गर्दै त्रियुगा नगरपालिका र खाँदवारी नगरपालिकाबासीलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आइतबारदेखि सञ्चालनमा आएका बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्