Logo
Logo

नवनियुक्त खेलकुद मन्त्रीलाई राखेपकाे स्वागत


दृष्टि संवाददाता


काठमाडाैं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री एकवाल मियाँलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यले आईतबार बधाई तथा शुभकामना दिएका छन् ।

राखेपका निमित्त सदस्य सचिव पुरेन्द्र बिक्रम लाखे नेतृत्वको टोलीले मियाँलाई भेट गरि सफल कार्यकालको बधाई तथा शुभकामना दिएको हो ।

राखेपका बोर्ड सदस्यहरुले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफुलाई थाहा नभएको, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसारको नियमावली रोकिएको र राखेपको बोर्ड बैठक अहिलेसम्म बस्न नसकेको भन्दै नयाँ मन्त्री समक्ष गुनासो गरेका थिए ।

उनले मन्त्रालयका कामबारे मन्त्रीलाई ब्रिफिङ गर्दै खेलहरुको प्राथामिकता निर्धारण, राष्ट्रिय संघको सवलिकरण र पदक सम्भावना भएका खेलको तयारीका विषयमा विशेष गृहकार्य गर्न आवश्यक रहेको बताएका थिए ।

नवनियुक्त खेलकुद मन्त्री मियाँले रोकिएका काम तत्काल अघि बढाउन आफु सकारात्मक रहेको बताए । उनले आफुले अध्ययन गरेर सबैको सल्लाहमै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्