Logo
Logo

८० करोड गरीब नागरिकलाई निःशुल्क खाद्यान्न दिने माेदीकाे घाेषणा


दृष्टि संवाददाता


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीसम्म मुलुकका ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क रासनको समयावधि बढाउने घोषणा गरेका हुन् ।

यसअघि सन् २०२० को अक्टोबरमा मोदीले महामारीमा भारतले १५ खर्ब भारतीय रुपैयाँबराबरको रासन ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क वितरण गरिने घोषणा गरेका थिए ।

यसैबीच मोदीले भारतको खोप अभियानको पनि बचाउ गरेका छन् । उनले जुन २१ बाट भारतको सरकारले १८ देखि ४४ वर्ष उमेर समूहका मानिसहरुलाई पनि निःशुल्क खोप वितरणको काम सुरु गर्ने बताएका छन् ।

अहिलेसम्म भारतमा २३ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्