Logo
Logo

अध्यक्ष र वरिष्ठ नेता अरुसँग मिल्दा पार्टी संकटमाः भट्टराई


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता योगश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल आफ्नासँग झगडा गरेर अरुसँग मिल्नु नै एमाले एकताकाे जड रहेको बताएका छन् ।

बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै नेता भट्टराईले अध्यक्ष र वरिष्ठ नेताहरु आफ्नासँग मिल्नु पर्नेमा अरुसँग मिल्नु नै पार्टी एकताको जड रहेको बताएका हुन् ।

उनले लेखेका छन्– ‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । एमाले एकताको समस्याको मुल जड यहिं छ ।’

नेता भट्टराईले यो केका लागि र कसका लागि भन्दै प्रश्न समेत गरेका छन् । उनले ‘यस बिषयमा कमरेडहरु बिचमा गम्भीर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ’ समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्