Logo
Logo

संवैधानिक इजलास बस्दै, दुई न्यायाधीशले राय पेश गर्ने


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्ध परेको रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलास बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण इजलास दुई दिन स्थगित गरिएको थियो । आजको इजलासमा न्यायाधीशद्धय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि लिखित राय पेश गर्दैछन् ।

न्यायाधीशद्धय कार्की र भट्टराई इजलासमा बस्न नमिल्ने भन्दै सरकारवादी कविकलहरु प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्