Logo
Logo
संवैधानिक इजलास

न्यायाधीशद्धय भट्टराई र कार्कीको निर्णयमा निर्भर


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको पेशी तोकिएको छ । पेशी ताेकिए पनि उक्त मुद्धाको सुनुवाइ अघि बढ्ने वा नबढ्ने निश्चित छैन ।

संवैधानिक इजलासका सदस्यद्धय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईमाथि सरकारवादी वकिलहरुले प्रश्न उठाएकाले आज उक्त मुद्धाको सुनुवाइ अघि बढ्ने वा नबढ्ने निश्चित नभएकाे हाे ।

आजको इजलासमा न्यायाधीशद्वय कार्की र भट्टराईले आफूहरू इजलासबाट बाहिरिने वा बसिरहने भन्ने राय आज सुरुमै राख्ने छन् । उनीहरुले इजलासमा नरहने निर्णय गरेको खण्डमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा आज पनि सुनुवाई रोकिने छ । त्यस्तो अवस्थामा अर्को इजलास गठन गर्नुपर्ने हुन्छ । उनीहरु इजलास बस्न तयार भए इजलास विषयवस्तुमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्