Logo
Logo

माधव समूहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग


दृष्टि संवाददाता


काठमाडौं । पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वसको मत दिएको भन्दै नेकपा एमाले ओली समूहले सुदूरपश्चिम प्रदेशका १७ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण २४ घण्टे स्पष्टीकरण सोधेको हो । मुख्यमन्त्रीलाई विश्वासको मत दिनुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिएका छन् ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने ओली समूहको एमालेले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्