Logo
Logo

शीर्ष नेताका कारण संघीयता संकटमा- मुख्यमन्त्री गुरुङ


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शीर्ष नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेका कारण राजनीतिक संटक निम्तिएको बताएका छन् ।

गण्डकी प्रदेशसभामा विश्वासको मत प्रस्तावमा उठेको प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले शीर्ष नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसक्दा राजनीतिक संटक निम्तिएको बताएका हुन् ।

उनले भने– ‘अहिले हाम्रो पार्टी एमाले हेर्नुहोस्, नेपाली कांग्रेस हेर्नुहोस्, एकतापछि नयाँ विधान नै बनाइनसकेको जसपा हेर्नुस् यी सबै पार्टीमा शीर्ष नेता जिम्मेवार रुपमा प्रस्तुत नहुँदा समस्या भएको हैन ? समस्या शीर्ष नेतृत्वमा छ । शीर्ष नेतृत्वमा जिम्मेवार रुपमा प्रस्तुत हुन सकेनन् ।’

राजनीतिक संकटका कारण लोकतन्त्र नै संकटमा परेको बताउँदै मुख्यमन्त्री गुरुङले संघीयता नै संकटमा पर्दै गएकाे बताएका छन् । उनले भने– ‘पछिल्लो समय राजनीतिक दल जसरी खण्डित अवस्थामा छन् यो राम्रो होइन । यसले लोकतन्त्र संकटमा पर्दै गएको छ ।’ लोकतन्त्रको रक्षाका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बेला भएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्