Logo
Logo

कोरोना भ्याक्सिन लगाएपछि शरीर नै चुम्बक !


दृष्टि संवाददाता


काठमाडौं । सुन्दा आश्चार्य लाग्छ र चकित पनि पार्छ । तर, बिबिसी हिन्दीले यस्तै एउटा समाचार प्रकाशित गरेको छ । कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि एक जनाको शरीर नै चुम्बक बनेको छ । भारतको नासिकमा बस्ने एक पुरुषको शरीर चुम्बकजस्तै भएको बीबीसीले उल्लेख गरेको छ ।

समाचारमा जनाइएअनुसार नासिकका अरविन्द सोनारले भ्याक्सिनको डोज लिएपछि आफ्नो शरीर चुम्बकको काम गरिरहेको छ । तर, विज्ञहरुले भने भ्याक्सिनका कारण यस्तो हुनै नसक्ने बताएका छन् ।

अरविन्दले आफू झुटो नबोलेको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा राखेका छन् । जसमा सिक्का र फलामद्वारा बनाइएका सामानहरु उनको शरीरमा टाँसिएका छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

‘म आफ्नो छोरासँगै छु । उसैले मलाई भ्याक्सिन लगाएपछि शरीर चुम्बकजस्तै बन्ने जानकारी गराएको हो’ उनले भनेका छन्, ‘परीक्षण गर्दा मेरो शरीरमा पनि फलामहरु टाँसेको देखेर म छक्क परेको छु ।’ सोनारले केही दिनअघि एक निजी अस्पतालमा कोरोनाको भ्याक्सिन लगाएका थिए । तर, त्यस दौरान कुनै खालको ‘साइड इफेक्ट’ देखापरेको उनले बताएका छन् ।

समाचार अनुसार सोनारले दुई वर्षअघि डायबटिजको उपचार गरेका थिए । डाक्टर दाभोलकरले शरीररमा सिक्का र भाँडाहरु चिप्कनु भौतिक नियमका अनुसार सम्भव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्