Logo
Logo

घरघरमा कोरोनाबारे जागरुकता जगाउँदै श्रेष्ठ


दृष्टि संवाददाता


काठमाडौं । यतिखेर नेपालको राजनीति घटनाक्रम उताव-चढाव छ । अर्कोतिर जनता कोरोना त्रासदीमा छन् । यसैबेला नेकपा एमालेका सांसद जीवनराम श्रेष्ठले भने कोरोना नियन्त्रण र त्यसबारे जागरुकता जगाउन लागेका छन् ।

यसैक्रममा सांसद श्रेष्ठले आफ्नो क्षेत्रका जनतालाई कोभिड–१९ बारे जागरण गराउँदै घरघरमा गएर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गर्ने कार्य गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्र कामनपा–१९ मा कोभिड सम्बन्धि जनचेतना अभियान चलाएका हुन् । यस्तै श्रेष्ठको सक्रियतामा आनन्दकुटी विद्यापीठ, स्वयम्भूमा ५० बेडको आइ्सोलेसन केन्द्रसमेत संचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्