Logo
Logo

गणेश लामाको रिहाइको माग गर्दै प्रदर्शन


दृष्टि संवाददाता


काभ्रपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेका नेता गणेश लामाको रिहाइको माग गर्दै बनेपामा प्रदर्शन गरिएको छ । नेता लामा बिहीबार पोखरामा पक्राउ परेका थिए ।

लामाको रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघ काभ्रेको संयोजनमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले लामालाई निशर्त रिहा गर्न माग गरेका छन् । बनेपासहित काभ्रेका विभिन्न स्थानमा प्रदर्शन गरिएको र थप आन्दोलनको तयारी भइरहेको नेविसंघले जनाएको छ ।

लामा नेपाली कांग्रेसका तर्फबाट गत प्रदेशसभा निर्वाचनमा काभ्रेमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्