Logo
Logo

देउवाले बोलाए पदाधिकारी बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको शनिबार बैठक बोलाएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा शनिबार २ बजे बैठक बोलाएका हुन् ।

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल बैठक बोलाएएको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले जनाएका छन् । बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताबीच महाधिवेशन गर्ने विकल्पको खोजी हुने बताइएको छ ।

कांग्रेसको महाधिवेशन आगामी भदौभित्र गर्नु संविधानतः बाध्यतामा रहेको छ । काँग्रेसले भदौ ७–१० का लागि १४औँ महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन ।

प्रतिक्रिया दिनुहोस्