Logo
Logo

रावा बैंकको ऋणपत्र ‘८.५० प्रतिशत आरबिबिएल डिबेन्चर २०८३’ लगानीकर्ताको उल्लेख्य सहभागिता


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७८ जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको प्रति ऋणपत्र रु १००० अंकित दरको २५ लाख कित्ताले हुन आउने रु २ अर्ब ५० करोडको ‘८.५० प्रतिशत आरबिबिएल डिबेन्चर २०८३’ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको छ । जसका कारण छोटो समयमै मागभन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको जनाइएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र आज जेठ २८ गते बन्द भएको हो ।

लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वास देखाएकामा सम्पूर्ण लगानीकर्ताप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप प्रेरित गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्