Logo
Logo

सिद्धार्थ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश पारित


दृष्टि संवाददाता


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८९४ प्रतिशत लाभांश पारित भएको छ । आज जेठ २८ गते सम्पन्न कम्पनीको १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

भर्चुअल माध्यमबाट सम्पन्न सभाले पारित गरेसँगै सेयरधनीले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता १ अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयरपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी रु १ अर्ब १२ करोड नाघ्ने छ ।

उक्त साधारणसभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका छन् । आव २०७६÷७७ मा विभिन्न बीमा व्यवसायअन्तर्गत रु १ अर्ब ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आवको साधारणसभा भएको दिनसम्म रु २ अर्ब १ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरिसकेको कम्पनीले जानकारी गराएको छ । उक्त बीमा शुल्क संकलन गत आवको सोही अवधिको तुलनामा १६.०७ बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्