Logo
Logo

विश्व बैंकद्वारा नेपाललाई उच्च शिक्षाका लागि ६० मिलियन डलर सहयोग घोषणा


दृष्टि संवाददाता


काठमाडौं । उच्च शिक्षाका लागि नेपाललाई विश्व बैंकले ६० मिलियन अमेरिकी डलर सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको जारी वक्तव्यमा उल्लेख छ ।

नेपालमा विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन शिक्षामा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकले जनाएको छ ।

उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पु¥याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्