Logo
Logo

कांग्रेसले महाधिवेशन सार्यो, भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले १४औं राष्ट्रिय महाधिवेशनको मिति सारेको छ । आज बसकेको पदाधिकारी बैठकले महाधिवेशनको मिति सारेको हो ।

आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशन घोषणा गरेको कांग्रेसले ९ दिन पछाडि सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने भएको छ ।

बैठकले महाधिवेशनको मिति सारेपछि कार्यतालिका समेत संशोधन भएको छ । जसअनुसार क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउनेछ । त्यस्तै गरी केन्द्रीय समितिले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्