Logo
Logo

मुख्यमन्त्री राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुखको पत्र


दृष्टि संवाददाता


जनकपुरधाम । प्रदेश नम्बर-२ का प्रदेश प्रमुख राजेश झा अहिराजले मन्त्रिपरिषद समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखेका छन् ।

प्रदेश–२ को सरकार बनाउँदा गैरमधेसी (पहाडे समुदाय)लाई समावेश नगरिएको, महिलालाई प्राथमिकता नदिएको र मधेसी दलितलाई सहभागी नगराइएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई आइतबार ध्यानाकर्षण पत्र पठाएका हुन् ।

पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितलाई उचित स्थान दिइ समावेशी बनाउन भनिएको छ ।
पत्रमार्फत संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने भनेको प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई स्मरण गराएका छन् ।

‘प्रदेश २ मा मूलतः मधेसी समुदायका नागरिकको वसोबास रहेको भएता पनि गैरमधेसी पहाडी मूलका नागरिकहरुको पनि उल्लेख्य बसोबास रहेकोछ । प्रदेशको मन्त्रिपरिषदमा उल्लेखित जाति समुदाय र वर्गको अनुहार प्रतिविम्वित हुनुपर्छ भन्ने कुरामा द्विविधा हुन सक्दैन’ प्रदेश प्रमुखको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्