Logo
Logo

लक्ष्मी बैंकले युरो कप २०२१ सही अनुमान लगाउनेलाई पुरस्कृत गर्ने


दृष्टि संवाददाता


काठमाडौं । लक्ष्मी बैंकले युरो कप २०२१ मा सही अनुमान लगाउनेलाई पुरस्कृत गर्ने योजना ल्याएको छ । बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘प्रेडिक्ट एन्ड विन’ नामक योजना ल्याएको हो ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्ने जनाइएको छ । मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

मोबाइल मनीको ‘फोन–पे डैरेक्ट’ वा अन्तरबैंक नगद ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्ने जनाइएको छ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिने बैंकले जनाएको छ ।

क्यम्पेनको अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिने जनाइएको छ । विजेताले ५० एमबिपिएसको १ वर्ष अवधिको इन्टरनेट निःशुल्क पाउने बैंकले जनाएको छ । जति धेरैपटक नगद ट्रान्सफर गर्नुहुन्छ, त्यति नै धेरै जित्ने सम्भावना रहने जनाइएको छ । योजना युरो कप २०२१ को अन्तिम दिन जुलाई ११ सम्म जारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्