Logo
Logo

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन गर्न प्रस्ताव पारित


दृष्टि संवाददाता


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएको थियो ।

सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

यसका साथै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आव २०७६/७७ को लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ भने विशेष प्रस्तावतर्फ कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्नेलगायतका काम पनि गरेको छ ।

सभामा बोल्दै सभाका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई बीमासम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको बताए । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागीय प्रमुखहरु प्रत्यक्ष उपस्थित थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्समार्फत उपस्थिति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्