Logo
Logo

विश्व बैंकले नेपाललाई महामारी प्रतिकार्यका लागि साढे १७ अर्ब दिने


दृष्टि संवाददाता


काठमाडौं । महामारी प्रतिकार्य तथा पुनरुत्थानका लागि नेपाललाई विश्व बैंकले १७ अर्ब ५५ करोड उपलब्ध गराउने घोषणा गरेको छ ।

बिहीबार विश्व बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षामा सघाउन उक्त रकम स्वीकृत गरेको हो ।

‘महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसंख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो’, बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले भनेका छन् ।

नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुने विश्व बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्